धादिङ स्पोर्टस क्लबलाई क्लबस्तरीय महिला भलिबलको उपाधि

पाेखरा | असोज १५, २०८१

धादिङ स्पोर्टस क्लबलाई क्लबस्तरीय महिला भलिबलको उपाधि

पोखरा:   पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ । 


छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । 


पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । 


धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो । 
तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले जित्दै धादिङले उपाधि जितेको हो । 


 

यो पनि पढ्नुहोस

 


उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त गर्नेछन् । 


यस्तै पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनबीच केही समयमा उपाधिका लागि प्रतिस्पर्धा हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्